arrow

कोइरालाको चियापान समारोह

कांग्रेस एकढिक्का भयो भने कसैले पराजित गर्न सक्दैन : शशांक कोइराला [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १२ शनिबार
sasank-tea-party-2080.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आउँदो निर्वाचनमा एकमत भएर गए कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने दाबी गरेका छन् । शनिबार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले नेपाली कांग्रेसलाई अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टीको रूपमा अघि बढाउन आवश्यक रहेको बताए । उनले आउँदो निर्वाचनमा पार्टी उत्साह र उमङ्गका साथ अघि बढ्ने दाबी गरे । उनले निर्वाचनमा कांग्रेस बाहेकको भविष्य नरहेको जिकिर गरे । 

कांग्रेस एक ढिक्का भए कसैले पनि पराजित गर्न नसक्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेस सर्वश्रेष्ठ पार्टीको रूपमा अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टी बनाउनुपर्छ । उमङ्ग र उत्साहका साथ जानुपर्छ, भविष्य हाम्रो हो । कांग्रेस पार्टीको भविष्य हो । कांग्रेस एक ढिक्का भयो भने कांग्रेसलाई कसैले पराजित गर्न सक्दैन । हामी छौँ । एकसाथ जान्छौँ । हामी कसरी अघि बढ्ने त्यो नै हाम्रो ध्येय हो । नेपाली कांग्रेसले आउँदो निर्वाचनमा एकमत भएर अघि बढौँ । हामीलाई कसैले हराउन सक्दैन ।’

नेता कोइरालाले महाधिवेशन सकिएको अवसरमा काठमाडौँमा आज चियापान समारोह राखेका थिए । सो अवसरमा पार्टी सभापति शेरबहादुर देउवा पनि उपस्थित थिए ।
 



लोकप्रिय समाचार
नयाँ