arrow

सुशासन कायम गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : का‌ग्रेस नेता पाैडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
pradip-poudels.JPG
तस्बिर-फाइल

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सुशासन प्रवर्द्धनका लागि सञ्चारमाध्यमले कलम चलाउनुपर्नेमा जोड दिएका छन् । 

उनले भने, “सुशासन कायम गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ । सत्य तथ्य बाहिर ल्याइ पाठकलाई सही जानकारी दिनेमा सञ्चारमाध्यम प्रतिबद्ध हुनुपर्छ ।” 

सबै कुरा प्राप्त भएर पनि सुशासन प्राप्त भएन भने त्यसको कुनै अर्थ नरहने भन्दै उनले आमनागरिकको चाहना सुशासन भएको उल्लेख गरे । मुलुकमा सुशासन कायम हुन नसक्दा विदेश पलायन हुनेहरुको संख्या बढिरहेको बताए ।

नेपाली कांग्रेसका नेता एवं पालुङटार नगरपालिकाका पूर्वप्रमुख इञ्जिनियर दीपकबाबु कँडेलले मुलुकको विकासका लागि सञ्चारमाध्यमको ठूलो भूमिका रहेको बताइ । उनले सत्यतथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य एवं पर्यटन व्यवसायी डा रामशरण थपलियाले बिग्रँदै गएको अर्थतन्त्रलाई सही दिशा प्रदान गर्नका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताए । 

नेकपा (एमाले) गोरखाका नेता मोहन भट्टराईले राजनीतिक परिवर्तनमा सञ्चारमाध्यमको भूमिका सराहनीय रहेको बताए । 

नेपाली कांग्रेसका नेता एवं शिक्षाविद् युवराज बस्ताकोटीले सकारात्मक समाचार सम्प्रेषणका लागि नेपाली सञ्चारमाध्यम लाग्नुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ