arrow

चौथो टेष्टमा इङ्गल्याण्डविरुद्ध भारत ४६ रनले पछाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
dhruv-jurel-kuldeep-yadav.jpg

काठमाडौँ । इङ्गल्याण्ड विरुद्धको चौथो टेष्ट क्रिकेटको पहिलो इनिङ्समा भारत ४६ रनले पछाडि परेको छ । राँचीमा भारत ३०७ रनमै रोकिएपछि ४६ रनले पछि परेको हो । 

ध्रुव जुरेलले सर्वाधिक ९० रन बनाएसँगै भारतले सम्मानजनक योगफल जोडेको हो । सो क्रममा आठौँ विकेटका लागि जुरेल र कुलदीप यादवबीच ७७ रनको साझेदारी भएको थियो । त्यस्तै ओपनर यशस्वि जैसवालले ७३ रन बनाए । इङ्गल्याण्डका शोइब बशिरले ५ विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको इङ्गल्याण्डले ३५३ रन बनाएको थियो । जो रुटले अविजित रहँदै १२२ रन बनाए । ११२ रन जोड्दा नै ५ विकेट गुमाएको इङ्गल्याण्डलाई सम्मानजनक योगफलमा लैजान ओलिले रबिनसनले ५८ रनको योगदान दिएका थिए । भारतका रविन्द्र जडेजाले ४ तथा डेब्यु खेलाडी आकाश दीपले ३ विकेट लिएका थिए ।

४६ रनको अग्रतासहित इङ्गल्याण्डले दोस्रो इनिङ्स शुरु गरेको छ । 

पाँच खेलको श्रृंखलाको पहिलो खेल इङ्गल्याण्डले, दोस्रो खेल भारतले र तेस्रो खेल पनि भारतले जितेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ