arrow

चौथो टेष्ट जित्न भारतलाई १९२ रनको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
india-test-happy-24-02-25-b.jpg

काठमाडौँ । इङ्गल्याण्ड विरुद्धको चौथो टेष्ट क्रिकेट जित्न भारतले मात्र १९२ रनको चुनौती पाएको छ । राँचीमा भइरहेको खेलको पहिलो इनिङ्समा ४६ रनले अगाडि रहे पनि इङ्गल्याण्ड दोस्रो इनिङ्समा १४५ रनमै अलआउट भयो । 

जाक क्रलीले सर्वाधिक ६० रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा रविचन्द्रन आश्विनले ५ तथा कुलदीप यादवले ४ विकेट लिए । 

यसअघि पहिलो इनिङ्समा भारत ४६ रनले पछाडि परेको थियो । राँचीमा भारत ३०७ रनमै रोकिएपछि ४६ रनले पछि परेको हो । 

ध्रुव जुरेलले सर्वाधिक ९० रन बनाएसँगै भारतले सम्मानजनक योगफल जोडेको हो । सो क्रममा आठौँ विकेटका लागि जुरेल र कुलदीप यादवबीच ७७ रनको साझेदारी भएको थियो । त्यस्तै ओपनर यशस्वि जैसवालले ७३ रन बनाए । इङ्गल्याण्डका शोइब बशिरले ५ विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको इङ्गल्याण्डले ३५३ रन बनाएको थियो । जो रुटले अविजित रहँदै १२२ रन बनाए ।

११२ रन जोड्दा नै ५ विकेट गुमाएको इङ्गल्याण्डलाई सम्मानजनक योगफलमा लैजान ओलिले रबिनसनले ५८ रनको योगदान दिएका थिए । भारतका रविन्द्र जडेजाले ४ तथा डेब्यु खेलाडी आकाश दीपले ३ विकेट लिएका थिए ।

मात्र १९२ रनको चुनौती लिएर भारत मैदानमा उत्रिइसकेको छ । 

तेस्रो दिनको समाप्तिसम्म भारतले कुनै विकेट नगुमाइ ४० रन बनाएको छ । कप्तान रोहित शर्मा २७ बलमा २४ तथा यशस्वि जैसवाल २१ बलमा १६ रन बनाएर अविजित छन् । 

भारतले अब मात्र १५२ रन बनाए पुग्नेछ । 

पाँच खेलको श्रृंखलामा भारत २–१ ले अगाडि छ । पहिलो खेल इङ्गल्याण्डले, दोस्रो खेल भारतले र तेस्रो खेल पनि भारतले जितेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ