arrow

नेविसंघको केन्द्रीय समिति बैठकअघि गगन–शेखर समूहको रणनीतिक छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
nsu-80-11-13.jpg

काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ नेविसंघको केन्द्रीय समिति बैठक पूर्व गगन–शेखर समूहले छलफल कार्यक्रम राखेको छ । वाल्मीकि विद्यापीठमा आइतबार आयोजना भएको छलफल कार्यक्रममा नेविसंघका केन्द्रीय सदस्य, उपत्यका क्याम्पसका स्ववियु तथा विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेविसंघको ७११ सदस्य केन्द्रीय समिति आएपछि पहिलो पटक फागुन १५ गते मंगलबारका लागि आह्वान गरिएको केन्द्रीय समिति बैठकको बारेमा छलफल भएको हो । 

कार्यक्रममा नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पाले नेविसंघ समूह र गुट जसरी फरक मतलाई स्थान नदिई चलाएको, क्याम्पस र जिल्लाहरू मनोमानी तरिकाले नियुक्ति दिएको जस्ता विषयमा छलफलमा कुरा उठेको थियो। 

केहीले नेविसंघ केन्द्रीय अध्यक्षको स्वेच्छाकारिता विरुद्ध बैठक बहिस्कार गर्ने कुरा राखेका थिए भने केहीको मत बैठकमा बलियो उपस्थिति जनाउनुपर्ने धारणा आएको केन्द्रीय सदस्य सुनिल शर्माले जानकारी दिए ।

छलफलबाट सङ्कलित सुझावका आधारमा केन्द्रीय समिति बैठकबारे निर्णय गर्ने केन्द्रीय सदस्य ई. सुवास पौडेलले जानकारी गराए।

२०७८ फागुनमा दुजाङ शेर्पा नेविसंघको अध्यक्ष नियुक्ति भएपछि र २०८० साउनमा अन्य ७१० केन्द्रीय सदस्य नियुक्ति भएपछि ८ महिनापछि पहिलो पटक २मंगलबारका लागि केन्द्रीय समितिको बैठक डाकिएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ