arrow

ब्राउन सुगर, चरेस र गाँजासहित युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १४ सोमबार
manish-gurung.jpg

पोखरा । कास्की प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङ फुङलिङ नगरपालिका वडा नं.७ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ७ फेवामार्ग बस्ने बर्ष ३८ का मनिष गुरुङ रहेका छन् ।

वडा प्रहरी कार्यालय बैदामका अनुसार शनिबार बिहान नेपालगञ्जबाट सिद्धार्थ राजमार्ग हुँदै पोखरा आउनेक्रममा छोरेपाटनबाट उनी पक्राउ परेका हुन् ।

प्रहरीले बसमा सवार उनलाई शंका लागेर खानतलासी गर्दा कट्टुमा लुकाएको अवस्थामा साढे ६ ग्राम ब्राउन सुगर भेटिएको हो ।

उनको साथबाट आइफोन २ थान, उनको कोठाबाट डेढ किलो गाँजा र १५ ग्राम चरेस बरामद भएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध लागूऔषध ब्राउन सुगरसमेत मुद्दा जिल्ला अदालतमा दर्ता गरी पहिलो पटक ७ दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ