arrow

विग सिजी डेमा नबिल, माछापुच्छ्रे र एनएमबी बैङ्कद्वारा क्यास ब्याक अफर

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १४ सोमबार
cg-big-day-cashback-bank-offer-2080-2023.jpg
तस्बिर : फाइल

काठमाडौँ। एनएमबी, नबिल र माछापुच्छ्रेले विग सिजी डेको अवसरमा ग्राहकहरूको लागि सुनौलो अफर ल्याएको छ। सिजी डिजिटल सँगको साझेदारीमा यही फाल्गुन १२ गतेदेखि फाल्गुन २१ गतेसम्म नबिल बैङ्कका ग्राहकहरूले डेबिट कार्डमार्फत २० प्रतिशत छुट वा अधिकतम  दुई हजार रुपैयाँसम्म क्यास ब्याक र क्रेडिट कार्डमार्फत २५ प्रतिशत छुट वा अधिकतम दुई हजार पाँच सय रुपैयाँसम्म छुट पाउन सक्नेछन् कम्पनीले जनाएको छ।

साथै माछापुच्छ्रे बैङ्कका ग्राहकहरूले डेबिट कार्डमार्फत २४  प्रतिशत छुट वा अधिकतम सात सय चौबिस रुपैयाँसम्म क्यास ब्याक र क्रेडिट कार्डमार्फत २४ प्रतिशत छुट वा अधिकतम एक हजार चौबिस रुपैयाँसम्म छुट पाउन सक्नेछन्। त्यस्तै गरी  एनएमबी बैङ्कका ग्राहकहरूले  कार्डमार्फत १०  प्रतिशत छुट वा अधिकतम पाँच रुपैयाँसम्म क्यास ब्याक छुट पाउन सक्नेछन्।

विग सिजी डेको मुख्य हाईलाइटहरू ८ सय प्लस सामानहरूमा ३६५ सम्मको छुट, थप १०५ सम्मको मेगा भाउचर, २४ हजार सम्म क्यास ब्याक ,डेल्ली गिभअवेको रूपमा १० दिनसम्म हरेक दिन एक जना लक्की विजेता जसले आफूले किनेको समान बराबरको अर्को समान निःशुल्क किन्न पाउने र ४१४१ सम्म सिजी पोइन्ट रहेको कम्पनीले जानकारी दिएको छ।

विग सिजी डे २४.२.२४ मा सिजी ग्रुपअन्तर्गत सिजी इलेकट्रोनिक्स (एलजी, सिजी, टीसीएल, गोदरेज, बेको, मिडिया, केन्ट, ब्ल्याक + डेकर, क्रोम्पटन, एलिका, सेन्सेई), सिजी फुड्स, सिजी नेट, सिजी हिल्स्, सिजी एजुकेसन, सिजी हस्पिटालिटी, सिजी सिमेन्ट, सिजी पे र युनाइटेड इन्स्योरेन्सका विभिन्न उत्पादन तथा सेवा–सुविधामा अफर राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ