arrow

नवाज शरीफकी छोरी बनिन् मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
nawaz_sarif.jpg

काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाज शरीफ पहिलो महिला मुख्यमन्त्री बनेकी छन् । 

पाकिस्तान मुस्लिम लिग–नवाज पार्टीकी वरिष्ठ उपाध्यक्ष समेत रहेकी मरियम पूर्वी पन्जाब प्रान्तको पहिलो महिला मुख्यमन्त्रीमा निर्वाचित भएकी हुन् । 

शरीफकी छोरी मरियमले सुन्नी इत्तेहाद काउन्सिलका उम्मेदवार अफताब अहमद खानलाई पराजित गर्दै मुख्यमन्त्रीमा निर्वाचित भएकी  प्रान्तीय विधानसभाका सभामुख मलिक मुहम्मद अहमदले घोषणा गरेका छन्। 

उनले २२० मत प्राप्त गरिन् । आरक्षित सिट सम्बन्धी केही विषयमा छलफल गर्न नदिएपछि खान र उनको पार्टीका सदस्यहरूले विधानसभा सत्रबाट बाहिरिए र मतदान प्रक्रिया बहिष्कार गरेका थिए ।

५० वर्षीया मरियम सन् १९४७ मा स्वतन्त्रतापछि पाकिस्तानको कुनै पनि प्रान्तको पहिलो महिला मुख्यमन्त्री भएकी हुन्। 

मरियम पाकिस्तानको राष्ट्रिय सभा वा संसद्को तल्लो सदन र प्रान्तीय सभाको फेब्रुअरी ८ मा भएको आम निर्वाचनपछि मुख्यमन्त्रीमा निर्वाचित भएकी थिइन्। 

निर्वाचित भएपछि मरियमले विधानसभाको बैठकलाई सम्बोधन गर्दै विकास आयोजना बढाउन, स्वास्थ्य र कृषि सुधार ल्याउने र एकद्वार नीति बनाएर व्यवसाय गर्न सहज बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ