arrow

फोन पेले सुरु गर्‍यो 'सक्षम नारी' अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
fone-pay-sakshyam-nari-women-campaign.jpg

काठमाडौँ। नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क फोनपेले देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नो पछिल्लो अभियान "सक्षम नारी" सुरु गरेको छ। यस अभियानद्वारा फोनपले आर्थिक वृद्धि र समृद्धिको लागि नारीहरूले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिई सबै वर्गका नारीहरूलाई डिजिटल भुक्तानीका माध्यममा सशक्त बनाउने कोसिस गरेको छ।

फोनपेले नबिल र सानिमा बैङ्कसँगको सहकार्यमा यो अभियान सुरु गरेको हो। माघ २६ गतेदेखि सुरु भएको यो अभियान फागुन २८ गतेसम्म चल्नेछ।

अभियानमा सहभागी हुन नबिल र सानिमा बैङ्कका महिला प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैङ्किङ एप मार्फत अभियान अवधिभर कुनै पनि फोनेपे सेवाहरू फोनपे क्युआर, फोनेपे डाइरेक्ट र फोनेपे बिल प्रयोग गरी कम्तीमा ३ वटा कारोबार गर्नुपर्ने रहेको छ। नबिल बैङ्कका एक जना महिला प्रयोगकर्ताले अभियानको मापदण्ड पूरा गरेपछि श्री बालाजी डायमण्डबाट उत्कृष्ट हीरा सेट पाउनेछन्। साथै सानिमा बैङ्क र नबिल बैङ्कका १०० महिला प्रयोगकर्ताहरूले रु १००० को ग्यारेन्टी टप-अप जित्ने कम्पनीले जनाएको छ।

अभियानको उद्देश्यका बारेमा बोल्दै फोनपेका प्रमुख रणनीतिक अधिकृत सुबोध शर्माले भने, "सक्षम नारी अन्य नियमित अभियानहरू भन्दा फरक छ, यो महिलाहरूमा प्रविधि अपनाउन प्रोत्साहित गर्ने पहल हो। हाम्रो तथ्याङ्कले डिजिटल माध्यमबाट महिलाहरू माझ भुक्तानीको प्रयोग कम भएको देखिएको छ र यो अभियान मार्फत हामी यो स्वरूप परिवर्तन गर्न चाहन्छौँ। हामी आशा गर्दछौँ कि यो अभियानले सबै क्षेत्रका महिलाहरूको जीवनमा सकारात्मक प्रभाव पार्नेछ।"

फोन पेले सधैँ आफ्ना ग्राहकहरूको कारोबारका सुरक्षालाई विशेष प्राथमिकतामा राखेको पाइन्छ र यही अनुरूप सुरक्षित कारोबारलाई सुनिश्चित गर्न भुक्तानीका समस्त सुविधाहरूमा इन्क्रिप्सन र प्रमाणीकरण प्रोटोकलहरू समावेश भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ