arrow

भक्तराज आचार्य सुर सम्राट्का रूपमा साङ्गीतिक क्षेत्रमा रही रहनुहुनेछ: विश्वप्रकाश [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
bishwaprakash-bhaktaraj.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्व. भक्तराज आचार्य सुर सम्राटका रूपमा परिचित रहेका बताएका छन् । 

सोमबार निधन भएका आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुगेका उनले यस्तो बताएका हुन् । 

उनले स्वर सम्राट् नारायण गोपाल भएझैँ सुर सम्राट्को रूपमा स्व. आचार्य रहनुभएको बताए । उनले स्व. आचार्यले नेपाली गीत-सङ्गीतमा दिएको योगदान, भाव, प्रभाव सदैव जीवित रहने बताए । उनले भौतिक रूपमा नेपालीबाट टाढा भए पनि भावनात्मक र साङ्गीतिक क्षेत्रमा सधैँ नेपाली माझ नै रही रहने बताए ।

उनले भने, ‘स्वर सम्राट् नारायण गोपाल हुनुहुन्छ भने सुर सम्राट् भक्तराज आचार्य हो । उनका सुरहरु र त्यसले चयन गरेका शब्द, त्यसको भाव त्यसले दिएको प्रभाव हामी सदैव सम्झी रहन्छौँ । उन भौतिक रूपमा जानुभयो होला, भावनात्मक रूपमा सङ्गीतमा उन सदैव जीवित हुनुहुन्छ । यो एउटा स्वर्णिम अध्यायको रूपमा नेपाली सङ्गीत प्रेमीहरूको बीचमा, नेपालीहरूको बीचमा सधैँ अमर रही रहनुहुनेछ ।’

महामन्त्री शर्माले आचार्य साङ्गीतिक क्षेत्रमा स्वर्णिम अध्यायको रूपमा नेपाली सङ्गीत प्रेमीहरूको बीचमा, नेपालीहरूको बीचमा सधैँ अमर रही रहने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ