arrow

नेविसंघको महाधिवेशन पक्षधरले थाल्यो बृहत् हस्ताक्षर अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १७ बिहिबार
nsu-election-demand.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघका महाधिवेशन पक्षधरले बृहत् हस्ताक्षर अभियान शुरू गरेका छन् । 

केही दिनअघि ९ बुँदे अपील जारी गर्दै तोकिएको मितिमा नेविसंघको १२ औं महाधिवेशन गर्नुपर्ने माग गरेका उनीहरुले महाधिवेशन गराउन दबाब सृजना गराउने उद्देश्यले बृहत् हस्ताक्षर अभियान शुरु गरेका हुन् । 

गत मंगलबार महाधिवेशन पक्षधर मानिएका स्ववियु परिषद केन्द्रीय अध्यक्ष एवं नेविसंघ केन्द्रीय सदस्य निराजन नेपाल तथा नेविसंघ केन्द्रीय सदस्यहरु भानुभक्त जोशी, राज थेबे, दोर्ची शेर्पा, भुपेन्द्र थेबे, आकाश कार्की, एनपी जोशीलगायतले ९ बुँदे संयुक्त अपील जारी गर्दै तोकिएको मितिमा नेविसंघको १२ औं महाधिवेशन गर्नुपर्ने माग गरेका थिए । 

 उनीहरूले हस्ताक्षर अभियान पनि जारी राखेका हुन् । नेविसंघको जारी केन्द्रीय कार्यसमिती बैठकको दोस्रो दिन बैठक प्रारम्भ अगाडिदेखि मुख्य प्रवेशद्वारमा ब्यानर टाँगेर नै बृहत् हस्ताक्षर अभियानको शुरु गरेका हुन् । 

बुधबार महाधिवेशन पक्षधर समूहले देशका विभिन्न जिल्लाबाट आएका केन्द्रीय सदस्यसँग सल्लाह गरेर बैठकलाई सफल बनाउन अपील गर्दै महाधिवेसन केन्द्रीत ७ बुदे एजेण्डा प्रस्तुत गरेर छलफल गरी पारित गरिनुपर्नेमा जोड दिएको छ । 

महाधिवेशन पक्षधर समूहले महाधिवेशनको विकल्प महाधिवेशन नै रहेको भन्दै तोकिएको मितिमै महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ