- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । कास्की प्रहरीले बालविवाह मुद्धामा फरार रहेका २ जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १ बस्ने सरस्वरी विक.भन्ने बुद्धिसरा विक र बिनिता सुनार छन् ।
प्रहरीका अनुसार जिल्ला अदालतले २०७९ माघ २५ गते बलविवाह मुद्धामा ३ महिना कैद, २ हजार ५ सय रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २ सय रुपैयाँ तिराउने फैसला गरेको थियो ।
सोही फैसलापछि उनीहरु फरार भएका थिए । उनीहरुलाई बुधबार पोखराको हरिचोकबाट पक्राउ गरिएको हो ।
उनीहरुको २ महिना १८ दिन कैद सजाय र तोकिएको जरिवाना भुक्तान नभएपछि उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई कैद सजाय भुक्तान र जरिवाना अशुलीका लागि अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।