arrow

पाकिस्तानमा एक वर्षमा ४ हजार २१३ वटा बाल दुर्व्यवहारका घटना

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १८ शुक्रबार
Pakistan-Flag.jpg.jpeg
तस्बिर – फाइल ।

इस्लामाबाद । पाकिस्तानमा सन् २०२३ मा कूल ४ हजार २१३ वटा बाल दुर्व्यवहार (यौन तथा अन्य) का घटनाहरू भएका छन् । स्थानीय गैर–सरकारी संस्था साहिलले शुक्रबार जारी गरेको प्रतिवेदनमा यसबारे जानकारी दिइएको छ । 

ती घटनाहरू ८१ वटा राष्ट्रिय तथा क्षेत्रीयस्तरका पत्रपत्रिकामा उल्लेख गरिएका घटनाका आधारमा संस्थाले सङ्कलन गरेको तथ्याङ्कले गत वर्ष पाकिस्तानमा दैनिक करिब ११ जना बालबालिका दुर्व्यवहारको सिकार भएको देखाएको छ । 

जम्मा रिपोर्ट गरिएका घटनाहरूमध्ये २ हजार २५१, अथवा लगभग ५३ प्रतिशत पीडित बालिका भएको देखिएको छ भने १ हजार ९६१ जना अथवा करिब ४७ प्रतिशत बालकहरू दुर्व्यवहारको शिकार भएको पाइएको छ ।

पीडितहरूमध्ये  ६ देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरू दुर्व्यवहारको सबैभन्दा बढी जोखिममा परेको पाइएको छ ।  तीमध्ये पनि केटीहरू बढी पीडित छन् ।

प्रतिवेदनले ५ वर्ष मुनिका बालबालिकाहरू पनि यौन दुर्व्यवहारको शिकार भएको देखाएको छ।  बढीजसो चिनजानका व्यक्तिहरूबाटै बाल यौन दुर्व्यवहार घटेको प्रतिवेदनले देखाएको छ। एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ