arrow

खाजाघरमा यौनधन्दा चलाउने भुजेल पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १९ शनिबार
keshav-bhujel-kaskipolice.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ जाल्पारोडस्थित काभ्रेली खाजाघर सञ्चालक केशव भुजेल पक्राउ परेका छन् ।

मानव बेचबिखन मुद्दाका फरार रहँदै आएका भुजेल बिहीबार मध्यान्ह १२ बजे पोखराको मालेपाटनबाट पक्राउ परेका हुन् । उनी काभ्रेपलान्चोक पाँचखालका स्थायी बासिन्दा हुन् ।

कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यबहादुर रानाका अनुसार भुजेलले खाजाघरमा ३ बालिकालाई ललाई-फकाई गरी विभिन्न लोभलालच र प्रलोभनमा पारी यौनजन्य कार्यमा लगाउने गरेका थिए । प्रहरीले गत पुस १९ गते खाजाघरमा छापा मार्नेक्रममा उनी भागेका थिए ।

सोक्रममा यौनजन्य क्रियाकलापमा संलग्न ३ जना पक्राउ परेका थिए । जसमध्ये पोखरा-९ पृथ्वीचोक बस्ने वर्ष २९ का प्रवीण गुरुङ पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

यस्तै, पर्वत घर भई काठमाडौं बस्दै आएका वर्ष २३ का निर्मल मल्ल र पोखरा-१७ विरौटा बस्ने राजेश ठकुरी जनही ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

पक्राउ परेका भुजेललाई शुक्रबार अदालत पेस गरिएको इन्स्पेक्टर रानाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ