arrow

दुई नक्कली प्रहरी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १९ शनिबार
narayan-bibek-kaski-police.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली प्रहरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ६ शान्तिनगर चोक बस्ने बर्ष ३२ का नारायण गिरी र सप्तरी डाक्लेश्वरी नगरपालिका वडा नं. ७ घर भई हाल पोखरा ११ फूलवारी बस्ने बर्ष २१ का विवेक ठाकुर छन् ।

कास्की प्रहरीका निमित्त सूचना अधिकारी सूर्यबहादुर रानाका अनुसार बिहीबार बिहान २ः३० बजे उनीहरुले मादक पदार्थ सेवन गरी अनावश्यक होहल्ला गरेका थिए ।

उनीहरुले सडकमा हिँड्ने नागरिकलाई रेडियो सेट (वाकिटाकी) समेत देखाई “हामीहरु प्रहरीको ठूलै व्यक्ति हौँ” भनी डर त्रास देखाई धम्कीसमेत दिएका थिए ।

स्थानीयको सूचनाका आधारमा बैदामबाट खटिएको प्रहरी टोलीले फेला पारी सम्झाई बुझाई गर्दा उनीहरुले उल्टै प्रहरीमाथि अभद्र व्यवहार गरेका थिए । त्यसपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रानाले बताए ।

पक्राउ परेका दुवैबिरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको छ । जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरेर थप अनुसन्धान सुरु गरिएको इन्स्पेक्टर रानाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ