arrow

राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा हुँदैन

लाखौँको अप्रेशन गरेँ रिजल्ट राम्रै भयो तर राजनीतिमा सुनिन्छ एउटा, हुन्छ अर्कै कुरा [भिडियो]

उत्ताचढावमा रमाउन सक्नेले मात्रै राजनीति गर्न सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १९ शनिबार
sasank-11-19.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा नहुने बताएका छन् ।  शनिबार एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्  । 

उनले राजनीतिमा एउटा सुनिने तर अर्कै हुने गरेको बताए । कहिल्यै पनि आफ्नो नियन्त्रणमा नआउने कुरा भनेको राजनीति रहेको उनको तर्क थियो । उनले राजनीतिको उत्ताचढावमा रमाउन सक्नेले मात्रै राजनीति गर्न सक्ने बताए ।

उनले भने, ‘मेडिकल गर्दा एभ्रिथिङ इज अण्डर योर कन्ट्रोल । हात छ, सीप छ दिमाग छ । अप्रेशन गर्नुहुन्छ, हातमा कन्ट्रोल छ । आँखाको अप्रेशन गर्नुहुन्छ, ७० वटा जति आइक्याम्प गरेँ, लाखौँको अप्रेशन गरेँ रिजल्ट राम्रै भयो । तर राजनीति कस्तो हो भने एउटा कुरा सुनिन्छ,हुन्छ अर्कै कुरा । कहिल्यै पनि आफ्नो नियन्त्रणमा हुँदैन । तर त्यसमै रमाउन सक्नेले मात्रै राजनीति गर्नुपर्छ ।’

नेता कोइरालाले आफूले उत्पादन गरेका डाक्टरहरू अहिले पैसा पाएपछि मात्रै अप्रेशन गर्ने गरेको र विवेक नभएका डाक्टर आफूले उत्पादन गरेको भन्दै पश्चताप गरे । 



नयाँ