arrow

माछापुच्छ्रे बैंकमा डिजिटल कारोबार असफल भए रिपोर्ट गर्न मिल्ने सुविधा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
machhapuchhre-bank-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल कारोबारमा असफल भए मोबाइल बैंकिङ एप–वेबसाइटमार्फत बैंकमा रिपोर्ट गर्न मिल्ने सुविधा संचालनमा ल्याएको छ । 

डिजिटल कारोबारमा आधुनिक प्रविधि भित्र्याइ सोको प्रवर्धन, सम्बर्धन तथा कार्यान्वयन गर्ने बैंकमध्येमा अग्रस्थानमा रहँदै आएको बैंकले डिजिटल माध्यमबाट भएका कारोबारमध्ये कुनै कारोबार असफल भएको अवस्थामा उक्त असफल कारोबारलाई मोबाइल बैंकिङ एप–वेबसाइटमार्फत बैंकमा रिपोर्ट गर्न मिल्ने सुविधा संचालनमा ल्याएको जनाएको हो । 

जस अन्तर्गत असफल भएको कारोबारलाई रिर्पोट गरी सो रिपोर्टको प्रोग्रेस कुन चरणमा पुगेको छ भन्ने कुराको अपडेट हेर्नसमेत सकिने बैंकले जनाएको छ । 

साथै असफल कारोबारको समस्या समाधान पश्चात् रकम फिर्ता भएकोे जानकारी मेसेज र इमेलबाट ग्राहकलाई गराइने पनि बैंकले प्रेस विज्ञप्ति जारी गरी बताएको छ । 

विज्ञान र प्रविधिका अनेकन आयामहरुलाई प्रयोगमा ल्याई आफूलाई स्मार्ट बैंकको रुपमा परिचित गराइरहेको माछापुच्छ्रे बैंकले असफल डिजिटल कारोबारहरु बैंकसम्म नआइकनै जहाँकहिँ बसेर बैंकमा जानकारी गराई असफल कारोबारको रकम खातामा फिर्ता लिनको लागि ग्राहक बैंकसम्म आउनुपर्ने, फोन गरिरहनुपर्ने झन्झटबाट मुक्त गराउन यस्तो सुविधा प्रदान गरेको जनाएको छ । 

यस अन्तर्गत ग्राहकले आफ्नो मोवाईल बैंकिङ्ग एपको प्रयोग गरेर स्टेटमेन्ट बटनमा गई असफल कारोबारको बारेमा रिपोर्ट गर्न सक्ने पनि उल्लेख छ । 

यसरी ग्राहकको रिपोर्ट प्राप्त भएपछि बैंकले उक्त कारोबारको बारेमा आवश्यक प्रकृया अगाडि बढाउने र असफल भएको प्रमाणको आधारमा ग्राहकको खातामा सम्बन्धित रकम आफैँ फिर्ता गर्ने पनि जनाइएको छ । 
 
स्मार्ट बैंकको रुपमा बैंकले आफ्ना ग्राहकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यम तथा उपकरणहरु प्रदान गर्दै आएको र विभिन्न डिजटिल बैंकिङ्ग सेवा सुविधाहरु प्राप्त गर्न बैंकको कार्यालयसम्म पुग्नै नपर्ने गरी सेवासमेत प्रदान गरिरहेको विज्ञप्तिमार्फत जनाएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ