arrow

सरिफ फेरि प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
shahabaj-sharif-pakistan.jpg
तस्बिर – फाइल ।

इस्लामाबाद । पाकिस्तानी राजनीतिमा गठबन्धन सरकारको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री शहबाज सरिफ पाकिस्तानको राष्ट्रिय सभा (नेशनल एसेम्ब्ली) बाट दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएका छन् । 

पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का अध्यक्ष तथा नवगठित आठ दलीय गठबन्धनका नेता सरिफलाई दोस्रो पटक प्रधानमन्त्री बन्न भारी मत मिलेको छ ।

साथ, जेलमा रहेका विपक्षी नेता इमरान खानका अनुयायीलाई सरकारमा पुग्न नदिन गठबन्धनलाई सफलता मिलेको छ । 

पाकिस्तानको नेशनल एसेम्बलीमा नवनिर्वाचित २०१ सांसदले सरिफको पक्षमा मतदान गरेका छन् भने पूर्वप्रधानमन्त्री खानप्रति वफादार सांसदहरूको उम्मेदवारका रूपमा प्रधानमन्त्रीको नेतृत्वको दावी गरेका ओमार अयुब खानले ९२ मत प्राप्त गरेका छन् । 

निर्वाचनको परिणाम घोषणा गर्दै नेशनल एसेम्बलीका नवनियुक्त सभामुख सरदार अयाज सादिकले भने, “शहबाज सरिफ इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ