arrow

सांसदहरूलाई प्रशिक्षण दिँदै ओली

अर्थमन्त्रीमाथि ओलीको कटाक्ष- कुन अर्थशास्त्रमा कहाँबाट पीएचडी गर्नुभएछ ? [भिडियो]

सरकार अलोकतान्त्रिक भयो, बन्नै हुँदैन थियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
oli-11-20.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि कटाक्ष गरेका छन् । 

आइतबार संसद भवनमा पार्टीका सांसदहरूलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले अर्थमन्त्रीले नियम कानून, मर्यादा, प्रचलन मान्नै नपर्ने भन्ने घमन्ड देखिएको बताए ।

उनले अर्थमन्त्रीले अर्थशास्त्रमा पीएचडी गर्नुभएको भन्ने सनेको कुन अर्थशास्त्रमा कहाँबाट पीएचडी गर्नुभएछ भनेका छन् । 

उनले भने, ‘यस स्तरको सरकार, यस स्तरको अर्थमन्त्री र अर्थमन्त्रीलाई के लागेको छ भने अर्थमन्त्री यस्तो डिक्टेटर हो, जसले नियम कानून, मर्यादा, प्रचलन आदि केही हेर्नुपर्दैन भन्ने लागेको छ । त्यो देखिन्छ । न अर्थमन्त्री कसैसँग परामर्श गर्नुहुन्छ, न केही गर्नुहुन्छ । सुनेको, अर्थशास्त्रमा पीएचडी गर्नुभएको भन्ने, कुन अर्थशास्त्रमा कहाँबाट पीएचडी गर्नुभएछ ? अचम्म लाग्छ । 

ओलीले वर्तमान सरकारले शक्ति पृथकीकरणको सिद्धान्त बुझ्न नसकेको बताए । उनले देशको अर्थतन्त्र ओरालो लगाएको आरोप लगाउँदै अर्थमन्त्रीले ०४८ सालमै असफल भइसकेका सिद्धान्त दोहोर्‍याउन खोजेको बताए । उनले भने,' देश ओरालो लगाउने, असफल भएका थोत्रा सिद्धान्त बोकेर, ०४८, ०५० सालमै असफल भइसकेको सिद्धान्तहरू फेरि दोहोर्‍याउन खोजिएको छ । यो सरकार बन्नु नै नहुने सरकार थियो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ