arrow

प्रचण्डले देउवालाई भने – ‘इट्स टु लेट’

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
prachanda-deuba.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता गठबन्धन टुक्रने निश्चित भएको बताएका छन् ।  

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको प्रचण्ड र देउवाबीचको वान–टु–वान वार्तामा प्रचण्डले ‘इट्स टु लेट’ भनेर देउवालाई बिदा गरेका थिए । 

यसअघि आज बिहान हुने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएसँगै अहिलेको राजनीतिक उतारचढावलाई सहमतिमा लैजाने अन्तिम प्रयास स्वरुप देउवा बालुवाटार गएका थिए । 

देउवासँग पार्टी उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का पनि सहभागी भएका थिए । 

खड्कासँग पनि प्रचण्डले अब ढिला भइसकेको र आफूहरु अगाडि बढेको जवाफ दिएका थिए । योसँगै कांग्रेस सम्मिलित सत्ता गठबन्धन टुट्ने निश्चित भएको छ । 

देउवासँग छलफलमा बस्नुअघि माओवादीका शीर्ष नेताहरुले छलफल गरेका थिए । 

आइतबार बेलुकी माओवादी, एमाले, रास्वपा र जसपाका नेताहरु बसेर नयाँ सत्ता गठबन्धनका लागि छलफल गरेपछि प्रचण्डले देउवालाई यस्तो जवाफ दिएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ