arrow

प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
ramchandra-prachanda-80.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवासमा पुगेका छन् । राष्ट्रपति भवन शीतल निवासमा पुगेका प्रधानमन्त्री प्रचण्डले विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराउन राष्ट्रपति पौडेललाई भेटेका हुन् । 

नयाँ गठबन्धन बनाएसँगै नयाँ मन्त्रिपरिषद् गठनको तयारीबारे पनि प्रधानमन्त्री प्रचण्डले जानकारी गराउने छन् । अहिलेसम्मको नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्ड एमालेसँगको नयाँ गठबन्धन बनाएर नयाँ मन्त्रिमण्डल गठन गर्दैछन् । 

यसअघि गत वर्षको फागुनमा प्रचण्डकै जोडबलले नेपाली कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बन्न पाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ