arrow

सहकारीमा सात करोड घोटाला, अध्यक्षसहित तीन जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
subarna-man-nakarmi.jpg

पोखरा । पोखरामा फेरि अर्को सहकारी घोटला काण्ड बाहिर आएको छ । नयाँबजारस्थित विन्दवासिनी बचत तथा ऋण सहकारीमा करिब ७ करोड रुपैयाँ घोटला काण्ड बाहिर आएको हो ।

यस काण्डमा जोडिएका सहकारीका अध्यक्ष सुवर्णमान नकर्मीसहित ३ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

सहकारी रजिष्टार कार्यालयको पत्रानुसार उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।

पक्राउ पर्नेमा अध्यक्ष नकर्मी, सञ्चालक समिति सदस्य कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी उदित पौड्याल छन् ।

पक्राउ परेकाबिरुद्ध जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको इन्स्पेक्टर मानन्धरले जानकारी दिए ।

यस काण्डमा जोडिएका सहकारीका सचिव एवं स्टेशनरी व्यवसायी गंगाधर सुवेदी फरार छन् । साथै यस काण्डमा जोडिएका अन्यबिरुद्ध पक्राउ पूर्जी जारी गर्ने तयारीमा रहेको कास्की प्रहरीले जनाएको छ ।

बचतकर्ताले सहकारीको रकम हिनामिना भएपछि छानबिन माग गर्दै सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएपछि सहकारी रजिष्ट्रारको कार्यालयले छानबिन गर्दा झण्डै ७ करोड रुपियाँ हिनामिना गरेको पुष्टि भएको छ ।

सहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनले अध्यक्ष नकर्मी र सचिव सुवेदीले मिलेर अरुको किर्ते हस्ताक्षर गरी रकम दुरुपयोग तथा हिनामिना गरेको औँल्याएको छ ।

सहकारीको नाममा रहेको ३ रोपनी जग्गा किर्ते गरी बेचेर रकम हिनामिना गरेको उनीहरुमाथि आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ