arrow

नेविसंघको महाधिवेशन गर्न अध्यक्षलाई दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २२ मंगलबार
nebisangh-flag.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पालाई नेविसंघकै महाधिवेशन पक्षधरले तत्काल महाधिवेशनको सुनिश्चितता गर्न दबाब दिएको छ। 

संघको महाधिवेशन पक्षधर टोलीले अध्यक्ष शेर्पालाई संघको केन्द्रीय कार्यालय अनामनगरमा ज्ञापनपत्र बुझाएर तत्काल महाधिवेशन सुनिश्चित गर्न माग गरेको हो। 

नेविसंघका नेता सुभाष पौडेलको नेतृत्वमा गएको टोलीले तत्काल महाधिवेशनको सुनिश्चितता नगरिए थप दबाबका कार्यक्रम गर्ने चेतावनी दिएको थियो।

अध्यक्ष शेर्पालाई बुझाइएको ज्ञापन पत्रमा ११५ भन्दा बढी केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेका छन्। उनीहरूले यस अघि अध्यक्षले समन्वय बिना बोलाएको केन्द्रीय समितिको पहिलो बैठक पनि बहिष्कार गरेका थिए। 

महाधिवेशन गर्नका लागि गठन गरिएको अहिलेको समितिले महाधिवेशन नै गर्ने आधार नदेखेकाले बैठकमा सहभागी हुनु औचित्य नठानेर बैठकमा नगएको उनीहरूको भनाइ छ। 

असन्तुष्ट पक्षले अध्यक्ष शेर्पाले दुई वर्षको अवधिमा सहयात्रीहरूसँग समन्वय नगरेको, एकलौटी कार्यशैली देखाएको कार्यसम्पादन र पार्टीको नीति निर्देशन अनुसार काम नगरेको लगायतका आरोप लगाएको छ। 

उनीहरूले देशभरका विद्यार्थीहरूको भावना अनुसार संगठनलाई सामूहिक नेतृत्वका साथ सञ्चालन गर्न माग गरेका छन्। 

नेविसंघमा तदर्थवाद वा मनोनितको प्रवृत्ति अन्त्य गर्दै निर्वाचनबाट नेतृत्व चयन गर्ने प्रक्रिया मातहतका समितिहरूमा पनि तत्काल अवलम्बन गर्न माग गरेको अर्का केन्द्रीय सदस्य पवन आचार्यले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ