arrow

चीनले राख्यो पाँच प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
china-flag-ani.jpg

काठमाडौँ । चीनले सन् २०२४ मा करिब पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको मङ्गलबार राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्यप्रतिवेदनले जनाएको छ । 

प्रतिवेदनअनुसार यस वर्ष सहरी क्षेत्रमा एक करोड २० लाखभन्दा बढी रोजगारी सिर्जना हुने र सर्वेक्षण गरिएको सहरी बेरोजगारी दर करिब पाँच दशमलव पाँच प्रतिशत हुने अनुमान गरिएको छ । 

कूल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको घाटाको अनुपात तीन प्रतिशत कायम गर्ने र सन् २०२३ को बजेटबाट सरकारी घाटा एक खर्ब ८० अर्ब युआनले बढ्ने गरी सक्रिय वित्तीय नीति र विवेकपूर्ण मौद्रिक नीतिलाई निरन्तरता दिइने पनि प्रतिवेदनमा उल्लेख छ । 

चीनमा यस वर्ष स्थानीय सरकारहरूका लागि ३९ खर्ब युआनको विशेष प्रयोजनका ऋणपत्र जारी गरिने छ । यो गत वर्षभन्दा एक सय अर्ब युआन बढी हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ