arrow

ज्यानसम्बन्धी कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
dil-bdr-gurung-kaski-police.jpg

पोखरा । कास्की प्रहरीले ज्यानसम्बन्धी कसूर मुद्दामा एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं २० लामाडाँडाका ३० वर्षीय डीलबहादुर गुरुङ भन्ने प्रिमसबहादुर गुरुङ छन् ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले उनलाई पोखरा-११ काँहुखोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।

पक्राउ परेका गुरुङलाई आजै जिल्ला अदालत हाजिर गराई कैद सजाय भुक्तानीका लागि जिल्ला कारागार चलान गरिएको छ । 

उनी गत मंसिर ७ गते जिल्ला अदालत कास्कीबाट ज्यानसम्बन्धी कसूर मुद्दामा दोषी ठहर भएका थिए ।

फैसलाअनुसार उनलाई १२ वर्ष ४ महिना १३ दिन कैद सजाय र एक लाख २५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । 

प्रिमसबहादुरले २०७८ फागुन १९ गते राति पोखरा-२० मौजाका एक युवकको छुरा प्रहार गरी हत्या गरेका थिए । सोही घटनापछि उनी फरार रहँदै आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ