arrow

कुलदीप र रविचन्द्रनले ढाले इङ्गल्याण्डलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २४ बिहिबार
india-test-kuldip.jpg

काठमाडौँ । भारतविरुद्धको पाँचौँ तथा अन्तिम टेष्ट क्रिकेटमा इङ्गल्याण्डले कमजोर प्रदर्शन गरेको छ । धर्मशालामा टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्याण्डले ५७.४ ओभरमा अलआउट हुँदै २१८ रनमात्र बनाउन सक्यो । 

ओपनर जाक क्रलीले सर्वाधिक ७९ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्न स्पिनरहरुको जादू चल्यो । सबै विकेट स्पिनरहरुले लिएका हुन् । 

कुलदीप यादवले ५, रविचन्द्रन आश्विनले ४ तथा रविन्द्र जडेजाले १ विकेट लिए । 

जवाफमा भारत मैदानमा उत्रिइसकेको छ । कप्तान रोहित शर्मा र यशस्वि जैसवालले ब्याटिङ सम्हालेका छन् ।

पहिलो खेल जितेर सनसनी मच्याएको इङ्गल्याण्डले त्यसपछिका तीन खेल हारेर श्रृंखला गुमाइसकेको छ । अन्तिम खेलमा पनि इङ्गल्याण्डले कमजोर शुरुआत गरेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ