arrow

महाशिवरात्रीः शिव पूजामा यी कुरामा दिनुपर्छ ध्यान

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २५ शुक्रबार
maha-shivratri-2079-6.jpg

काठमाडौं । महाशिवरात्री पर्वका दिन भक्तजनहरूले पूर्ण भक्तिपूर्वक शिवको पूजा गर्छन्। 

शिवभक्तहरू महाशिवरात्रीको शिव मन्दिरहरुमा पुगिरहेका छन् । मान्यता अनुसार यस दिन भगवान शिवले कैलाश पर्वतमा माता पार्वतीसँग विवाह गरेका थिए । 

भोलेनाथलाई प्रसन्न पार्नको लागि आजको दिन निकै शुभ मानिन्छ । भगवान शंकरको आराधनामा केही विशेष नियमको ख्याल गर्नुपर्छ । शिव पूजामा यी कुरामा ध्यान दिनुपर्छ ।

१, शिवलिंगमा जल चढाउँदा फलाम वा स्टिलका भाँडाहरू प्रयोग नगर्नुहोस् । यसको सट्टा, तपाईंले पीतल, चाँदी प्रयोग गर्नुपर्छ। भगवान शिवको अभिषेकमा गल्तीले पनि भैंसीको दूध प्रयोग गर्नु हुँदैन ।

२, बेसारलाई सबै धार्मिक कार्यमा पनि अति पवित्र र महत्वपूर्ण मानिन्छ तर भगवान शंकरको पूजामा बेसार चढाइँदैन । सौन्दर्य प्रसाधनमा बेसारको प्रयोग गरिन्छ । शास्त्रका अनुसार शिवलिंगलाई पुरुषत्वको प्रतीक मानिने भएकाले महादेवलाई बेसार चढाइँदैन ।

 ३, भोलेनाथलाई कनेर र कमल बाहेक अरु फल मन पर्दैन । भगवान शिवलाई रातो रंगको फूल, केतकी र केवडाको फूल चढाउनु हुँदैन। यसो गर्नाले पूजाको फल मिल्दैन।

४, शास्त्र अनुसार भगवान शिवको पूजामा सिन्दुर र रोलीको प्रयोग हुँदैन । त्यसैले शिवलिंगमा रोली चढाउनु हुँदैन।

५, भगवान विष्णुलाई शंख अति प्रिय छ तर भगवान शिवको पूजामा शंखको प्रयोग हुँदैन । भगवान शंकरले शंखचुर नामक राक्षसलाई मारेका हुनाले भगवान शिवको पूजामा शंख निषिद्ध मानिन्छ ।

६, भगवान शिवलाई तुलसीको पात चढाउनु पनि अशुभ मानिन्छ । यसका पछाडि एउटा किंवदन्ती पनि छ । भनिन्छ, असुरराज जालन्धरकी पत्नी वृन्दा तुलसीको बोट बनेकी थिइन्। भगवान शिवले जलन्धरको वध गरेका थिए, त्यसैले वृन्दाले शिवको पूजामा तुलसीको पात प्रयोग नगर्न भनिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ