arrow

कोशी, बागमती र गण्डकीमा आंशिक बदली

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २६ शनिबार
weather-2022-evergreen.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आज आंशिक बदली रहने छ । अन्य भू–भागको मौसम भने मुख्यतया सफा रहने छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

आइतबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी  तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ । 

सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी  तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम सफा रहने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ