arrow

भारतले इङ्गल्याण्डलाई ४–१ ले हरायो

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २६ शनिबार
india-test-24-03-09.jpg

काठमाडौँ । भारतले इङ्गल्याण्डलाई पाँच खेलको टेष्ट क्रिकेटमा ४–१ ले पराजित गरेको छ । पहिलो खेल जितेको पाहुना इङ्गल्याण्डले त्यसपछि भारतलाई बाँकी खेल सुम्पेको हो । 

पाँचौँ तथा अन्तिम खेलमा भारत एक इनिङ्स र ६४ रनले विजयी भयो । धर्मशालामा टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्याण्डले ५७.४ ओभरमा अलआउट हुँदै २१८ रनमात्र बनाउन सक्यो । ओपनर जाक क्रलीले सर्वाधिक ७९ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्न स्पिनरहरुको जादू चल्यो । सबै विकेट स्पिनरहरुले लिए । कुलदीप यादवले ५, रविचन्द्रन आश्विनले ४ तथा रविन्द्र जडेजाले १ विकेट लिए । 

जवाफमा भारतले शुबमन गिलको ११०, कप्तान रोहित शर्माको १०३, डेब्यु खेलाडी देवदत्त पडिक्कलको ६५, यशस्वि जैसवालको ५७ र सर्फराज खानको ५६ रनको मद्धतले ४७७ रन बनायो । शोएब बशिरले ५ विकेट लिए । 

जवाफमा इङ्गल्याण्डले ४८.१ ओभरमै अलआउट हुँदै १९५ रनमात्र बनाउन सक्यो । जो रुटमात्र टिकेको इनिङ्समा उनले ८४ रन बनाए । 

भारतका लागि रविचन्द्रन आश्विनले ५ तथा जसप्रित बुमराह र कुलदीप यादवले २–२ विकेट लिए । 

पहिलो खेल जितेर सनसनी मच्याएको इङ्गल्याण्डले त्यसपछिका चार खेल हारेर श्रृंखला गुमाएको हो । 

आईसीसी वल्ड टेष्ट च्याम्पियनशिपमा भारत शीर्ष स्थानमा रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ