arrow

मन्त्रिपरिषद्‌मा आरोप लागेका मन्त्री

रविलाई विश्वप्रकाशले सोधे- सुर्यदर्शन सहकारीमा ठगी गर्नेलाई कारबाही गर्न तयार हुनुहुन्छ ? [भिडियो]

अब ओलीको गाली सुन्न परेन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २६ शनिबार
bishwaprakash-sharma-11-26.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको मन्त्रिपरिषद्‌मा अभियोग लागेका मुद्दा परेका मन्त्री छिन् कि छैनन् भनी प्रश्न गरेका छन् । 

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अघिल्लो पटक एमालेले सदनमा अभियोग लागेका मन्छे मन्त्रिपरिषद्‌मा बस्न पाइँदैन भन्दै सम्झिए ।

उनले भने,' सदनमा अभियोग लागेका मन्छे मन्त्रिपरिषद्‌मा बस्न पाइँदैन प्रधानमन्त्री जी हटाउनुस् भनियो ।तर अहिले मन्त्रिपरिषद् बनाउँदै गर्दा आरोप र अभियोग लागेका मुद्दा परेका हुनुहुन्छ कि हुनुहुन्न ?'

उनले अघिल्लो गृहमन्त्री नारायण काजी श्रेष्ठले सुर्यदर्शन सहकारीसहित सहकारीमा अर्बौँ रुपैयाँको ठगी भयो भनेर छानबिन गर्न निर्देशन दिएको विषय वर्तमान गृहमन्त्री रवि लामिछाने कार्यान्वयन गर्ने अवस्थामा हुनुहुन्छ भनी सोधेका2020 गरेका छन् ।
 
उनले भने,' अघिल्लो गृहमन्त्रीले सुदर्शन सहकारीमा ठगी भयो, अन्य सहकारीमा अर्बौँ रुपैयाँको ठगी भयो भनेर छानबिन गर्न निर्देशन दिनुभयो । पहिलेको गृहमन्त्रीले दिएको निर्देशन कार्यान्वयन गर्ने अवस्थामा वर्तमान गृहमन्त्री हुनुहुन्छ कि हुनुहुन्न ?' 

अघिल्लो पटक आरोप र अभियोग लागेका मुद्दा परेकालाई छोड्नु हुँदैन भन्ने नै अहिले मिलेको उनले बताए । 

सहकारी ठगीमा वर्तमान गृहमन्त्री रवि लामिछानेको नाम समेत जोडिएको छ । 

 उनले धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैँ हुने भएकाले कांग्रेस सरकार भत्काउने चलखेलमा नलाग्ने स्पष्ट पारे । 

उनले अब केही समय केपी ओलीको गाली सुन्न नपर्ने अवस्था आएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ