arrow

एली पेपरले अक्सिजन बिना अन्नपूर्ण हिमाल चढ्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २६ शनिबार
ali-paper-rss.jpg

काठमाडौँ । अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने भएकी छिन् । अष्ट्रेलियन पर्वतारोही पेपरले पत्रकार सम्मेलन गरी सन् २०२६ भित्र बिनाअक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य लिएको जानकारी दिइन् ।

उनले यही वसन्त ऋतुमा अन्नपूर्ण-१ चढ्न लागेको बताइन् । “मेरो आफ्नै आरोहण शैलीका कारण मैले तोकेको समयमा लक्ष्य हासिल गर्ने कुरामा म विश्वस्त छु”, पेपरले भनिन् ।

उनले कपनको सेभेन समिट ट्रेक्समार्फत बिनाअक्सिजन अन्नपूर्ण हिमालको आरोहण गर्न लागेकी हुन् । पेपरले सन् २००७ मा तिब्बतको माउन्ट चोयु हिमाल बिना अक्सिजन आरोहण गरेकी हुन् ।
    
पेपरले सन् २०२३ को जुलाई १५ मा ब्रोडपिक र सन् २०२३ को सेप्टेम्बर २८ मा मनास्लु हिमालको सफल आरोहण गरिसकेकी छन् । ब्रोडपिक बिनाअक्सिजन सफल आरोहण गर्ने उनी पहिलो अष्ट्रेलियाली महिलासमेत हुन् ।

विश्वमा हालसम्म छ जना आरोहीले मात्र बिना अक्सिजन आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको सफल आरोहण गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ