arrow

चिनियाँ सेनाको टोली नेपालमा, ६ अर्बको एपीसी र हतियार खरिद तयारी अन्तिम चरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
chang-pao-chung-army-china.jpg

काठमाडौँ । नेपाली सेनाको क्षमता अभिवृद्धिको लागि छलफल गर्ने भन्दै चिनियाँ सेनाको टोली नेपाल आएको छ । 

नेपाली सेनाको उच्च स्रोतले दिएको जानकारीअनुसार चिनियाँ जनसेनाका मेजर जनरलको नेतृत्वमा छ सदस्यीय टोली शनिबार काठमाडौँ आइपुगेको हो । 

अन्तर्राष्ट्रिय सैन्य सहयोग कार्यालय (सीएमसी) उपप्रमुखको जिम्मेवारीमा रहेका चाङ पाओछुनको नेतृत्वमा नेपाल भ्रमणमा आएको आएको र नेपाली सेनाका उच्च अधिकारीसँग आजै भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ मा जनसेनाका वरिष्ठ कर्नेलहरु छन् पेइलिङ, सङ लिसिङ, लि यिङफङ, वरिष्ठ क्याप्टेन वाङ कुओचङ र सि सिआङयाङ आएका हुन् । उनीहरुलाई सेनाले लाजिम्पाटको होटल र्याडिसनमा बस्ने व्यवस्था गरिएको छ ।

नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय मिसन शान्ति सेनाका लागि ६ अर्ब रुपैयाँ बराबरका सैनिक सामग्री खरिद गर्न लागेको बेला चिनियाँ टोली नेपाल आएको हो । 

नेपाली सेनाले चीनबाट ६ अर्ब रुपैयाँ बराबरका २६ वटा आर्मोड पर्सोनेल क्यारियर (एपीसी) र हतियार खरिद तयारी अन्तिम चरणमा पुर्याएको छ । 

त्यसका लागि रकमसमेत पठाइसकेको स्रोतको दाबी छ । चीनबाट २६ वटा एपीसी, ७२ वटा ट्याक्टिकल भेहिकल र गोली खरिद गर्ने निर्णय गरेको थियो ।

स्रोतका अनुसार सेनाले चीनबाट १० हजार थान सिक्यु राइफलसमेत खरिद गर्ने भएको छ ।

‘सेनाले हतियार पनि चीनबाटै खरिद गर्दैछ, चिनियाँ सेनाको टोली पनि नेपाली सेनाको क्षमता अभिवृद्धि गराउने बहानामा नेपाल भ्रमण गरिरहेका छन्’, स्रोतले भन्यो । 

शनिबार नेपाल आएको टोली मंगलबार राति सिंगापुर जाने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ