जसपा पनि सरकारमा, उपेन्द्र र नवलकिशोरले खाए शपथ [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
1k
Shares
काठामाडौँ । जनता समाजवादी पार्टी (जसपा) सरकारमा गएको छ । जसपाबाट अध्यक्ष उपेन्द्र यादवव र नवलकिशोर साह सरकारमा गएका छन् । उनीहरुले आइतबार बिहान शपथ खाए ।
यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् भने साह वन तथा वातावरण मन्त्री बनेका छन् ।
योसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार २२ सदस्यीय भएको छ । अब संविधानअनुसार प्रचण्डले बढीमा तीन जनामात्र राज्यमन्त्री थप्न सक्छन् ।
नयाँ गठबन्धनको सरकारमा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र नेकपा एस सहभागी भएका छन् ।