arrow

द्विपक्षीय व्यापार विस्तारका सम्बन्धमा उद्योग संगठन र बंगलादेशी राजदूतबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
morang-indust-bang-ambassador.jpg

विराटनगर । उद्योग संगठन मोरङले बंगलादेश र नेपाल बिच हुनसक्ने व्यवसायीक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवर्धन र विकासका साथै पर्यटन लगायतका क्षेत्रमा सहकार्य तथा साझेदारीको सम्भावनाका विषयमा नेपालका लागि बंगलादेशका राजदूत सलाहउद्दिन नोमन चौधरीसँग छलफल गरेको छ ।  

संगठनको सचिवालयमा भएको छलफलमा अध्यक्ष राकेश सुरानाले नेपाल र बंगलादेश बीचको व्यापारिक सम्बन्ध अभिवृद्धिका लागि नेपाली उत्पादनले बंगलादेश निर्यातमा भोग्दै आएको समस्या अवगत गराउँदै समाधानका लागि सहजीकरण गर्न राजदूत समक्ष आग्रह गरे । 

अध्यक्ष सुरानाले बंगलादेशस्थित व्यावसायीक संस्था तथा औद्योगिक पक्षहरुसँग संस्थागत सम्बन्ध विस्तारमा जोड दिँदै उनले संगठनले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय ब्यापार प्रवद्र्धन र्यालीका साथै नेपाल र बंगलादेशका उद्योगीहरुबीच सम्बन्ध बिस्तारका लागि आवश्यक सहजीकरण गर्नसमेत अनुरोध गरे । 

उक्त अवसरमा बंगलादेशका राजदूत सलाहउद्दिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच धेरै क्षेत्रहरुमा सहकार्यको प्रचूर सम्भावना रहेकाले दुई मुलकका औद्योगिक तथा व्यवसायीहरुबीचचको सम्बन्ध विस्तारका लागि दूतावास निरन्तर सहजीकरण गर्न तत्पर रहेको बताए । उनले निर्यातमा देखिएका समस्या समाधानका लागि आफ्नो तर्फबाट पहल र प्रयास रहने स्पष्ट पारे ।  

राजदूत चौधरीले द्विपक्षीय व्यापारिक हितका लागि संगठनले अन्तर्राष्ट्रिय स्तरको र्याली आयोजना गर्न लागेकोमा खुशी व्यक्त गर्दै बंगलादेश दूतावासको तर्फबाट आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

कार्यक्रममा उद्योग संगठन मोरङका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु र नेपालका लागि बंगलादेश दूतावासका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ