arrow

प्रधानसेनापति शर्मा र चिनियाँ सैन्य उपप्रमुख झांगबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
prabhuram-sharma-chinese-80-11-27.jpg

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनमुक्ति सेनाको अन्तर्राष्ट्रिय सैन्य सहायता कार्यालयका उपप्रमुख मेजरल जनरल झांग बाओकुनले प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गरेका छन् । 

आइतबार सैनिक मुख्यालय जंगी अड्डामा शर्मा र बाओकुनबीच भएको भेटवार्तापछि आपसमा सम्बन्ध बढाउने विषयमा छलफल भएको हो । 

भेटघाटका अवसरमा दुई छिमेकी देशहरूका साथै नेपाली सेना र चिनियाँ जनमुक्ति सेना बीच रहीआएको सम्बन्धका विविध पक्षहरू एवं आपसी चाँसोका विषयमा छलफल भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

चिनियाँ टोली शनिबार काठमाडौँ आएको हो । चार दिने नेपाल भ्रमणमा आएको ६ सदस्यीय चिनियाँ सैन्य टोली मंगलबार सिंगापुर जाने बताइएको छ । 

कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ मा जनसेनाका वरिष्ठ कर्नेलहरु छन् पेइलिङ, सङ लिसिङ, लि यिङफङ, वरिष्ठ क्याप्टेन वाङ कुओचङ र सि सिआङयाङ आएका हुन् । 

नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय मिसन शान्ति सेनाका लागि ६ अर्ब रुपैयाँ बराबरका सैनिक सामग्री खरिद गर्न लागेको बेला चिनियाँ टोली नेपाल आएको हो । 

नेपाली सेनाले चीनबाट ६ अर्ब रुपैयाँ बराबरका २६ वटा आर्मोड पर्सोनेल क्यारियर (एपीसी) र हतियार खरिद तयारी अन्तिम चरणमा पुर्याएको छ । 

त्यसका लागि रकमसमेत पठाइसकेको स्रोतको दाबी छ । चीनबाट २६ वटा एपीसी, ७२ वटा ट्याक्टिकल भेहिकल र गोली खरिद गर्ने निर्णय गरेको थियो ।

स्रोतका अनुसार सेनाले चीनबाट १० हजार थान सिक्यु राइफलसमेत खरिद गर्ने भएको छ ।

‘सेनाले हतियार पनि चीनबाटै खरिद गर्दैछ, चिनियाँ सेनाको टोली पनि नेपाली सेनाको क्षमता अभिवृद्धि गराउने बहानामा नेपाल भ्रमण गरिरहेका छन्’, स्रोतले भन्यो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ