arrow

पाकिस्तानका नवनिर्वाचित राष्ट्रपतिले लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
pti-pakistan-election-2024.jpg

काठमाडौँ । पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति आसिफ अली जरदारीले आइतबार शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवनमा आइतबार आयोजित विशेष समारोहमा उनले पाकिस्तानको १४ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका हुन् । 

पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले नवनिर्वाचित राष्ट्रपतिलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

उक्त समारोहमा निवर्तमान राष्ट्रपति आरिफ अल्वी, प्रधानमन्त्री शाहबाज शरीफ, सशस्त्र सेनाका प्रमुख, राजनीतिज्ञ र सुरक्षा निकायका प्रमुख लगायत विशिष्ट महानुभावहरू उपस्थित थिए । 

पाकिस्तान पिपुल्स पार्टी संसदीय दलका सह-अध्यक्ष जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै इलेक्टोरल कलेजबाट ४११ मत ल्याएर शनिबार विजयी भएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ