arrow

न्यूजिल्याण्डमाथि रोमाञ्चक जितसँगै अष्ट्रेलियाले भारतसँगको अंक दूरी घटायो दूरी घटाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
nz-aus-24-03-11.jpg

काठमाडौँ । अष्ट्रेलियाले न्यूजिल्याण्डविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा रोमाञ्चक जित हासिल गरेको छ । क्राइस्टचर्चमा भएको दोस्रो टेष्टमा अष्ट्रेलियाले ३ विकेटको रोमाञ्चक जित हासिल गरेको हो । 

२७९ रनको चुनौती अष्ट्रेलियाले ७ विकेटको क्षतिमा पूरा गरेको हो । ३४ रन जोड्दा ४ विकेट गुमाएर हार नजिक पुगेको अष्ट्रेलियाका लागि एलेक्स क्यारीले अविजित ९८ तथा मिचेल मार्सले ८० रन बनाएर जिताए । 

२२० रन बनाउँदा ७ विकेट गुमाइसकेको अवस्थामा कप्तान पाट कमिन्सले ४४ बलमा अविजित रहँदै ३२ रन बनाएर टिमलाई जिताए । 

यसअघि न्यूजिल्याण्डले पहिलो इनिङ्समा १६२ रन जोड्दा अष्ट्रेलियाले २५६ रन बनायो । जवाफमा न्यूजिल्याण्डले ३७२ रन बनाएर अष्ट्रेलियालााई २७९ रनको चुनौती दिएको थियो । 

दुवै इनिङ्समा गरी जोश हाज्लेवुडले ६, पाट कमिन्सले ५, मिचेल स्टार्चले ४ तथा नाथन लियोँले ३ विकेट लिए । 

योसँगै दुई खेलको श्रृंखलामा अष्ट्रेलियाले २–० को जित निकालेको छ । एलेक्स क्यारी म्यान अफ द म्याच तथा म्याट अन्री प्लेयर अफ द सिरिज भए । 

श्रृंखला क्लिनस्वीप गरेपछि अष्ट्रेलिया आईसीसी वल्ड टेस्ट च्याम्पियनशिपमा दोस्रो स्थानमा पुगेको छ ।

भारत ९ खेलमा ६ जितसहित ६८.५१ प्रतिशतसहित शीर्ष स्थानमा छ । अष्ट्रेलिया १४ खेलमा ८ जितसहित ६२.५० प्रतिशतसहित दोस्रो स्थानमा छ । तेस्रो र चौथो स्थानका न्यूजिल्याण्ड ५० प्रतिशतसहित चौथो तथा बंगलादेशको समान ५० प्रतिशतसहित चौथो स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ