arrow

नेपालकै ठूलो प्लाइ उद्योगमा भीषण आगलागी

logo
युवराज रेग्मी, 
प्रकाशित २०८० फागुन २८ सोमबार
fire-ply-industry.jpg

झापा । झापाको मेचीनगर १५ ज्यामिरगढीमा रहेको प्लाइउद्योगमा आज बिहान ५ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

झापाको मेचीनगर–१५ ज्यामिरगढीमा रहेको भगवती लेमिनेट्स प्लाइउड कारखानामा आज बिहान ५ बजेदेखि आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि झापाका विभिन्न पालिकाका १० वटा दमकल प्रयोग गरिएको छ ।

यद्यपि अझै आगो नियन्त्रणमा लिन नसकिएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिएका छ्न् । प्रहरीका अनुसार उद्योगको कच्चा पदार्थमा बढी क्षति पुगेको छ । 

आगलागीको कारण अनुसन्धान भइरहेको र आगलागीबाट कति क्षति भयो भन्ने विषय अहिले नै यकिन नभएको उनले बताए । उद्योगमा नेपाली र भारतीयसहित हजारभन्दा बढी श्रमिक कार्यरत छन् ।

नेपालकै सबैभन्दा ठूलो दाबी गरिएको उक्त उद्योगीमा करोडौँ रुपैयाँ लगानी भएको उद्योगीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ