arrow

माछापुच्छ्रे बैंक कर्मचारी संघमा घिमिरे

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
machhpuchhre-bank-karmachari-union.jpg

पोखरा । माछापुच्छ्रे बैंक कर्मचारी संघको केन्द्रीय अध्यक्षमा वंशीधर घिमिरे निर्वाचित भएका छन् । संघको पोखरामा सम्पन्न तेस्रो महाधिवेशनले घिमिरेलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा गणेशराज जोशी, महिला उपाध्यक्षमा संगीता कुँवर, उपाध्यक्षमा विनोदनिधि तिवारी र दिपक श्रेष्ठ, महासचिवमा तलाश श्रेष्ठ, सचिवमा प्रेमबहादुर भण्डारी र विनय खड्का, कोषाध्यक्षमा हिरा केसी, सहकोषाध्यक्षमा मञ्जु सापकोटा चयन भए ।

यसैगरी केन्द्रीय सदस्यमा करुण गौतम, धनराज श्रेष्ठ, लोकबहादुर बस्नेत, महेश कार्की, प्रकाश भण्डारी र उपेन्द्र कार्की चयन भएको निर्वाचन समितिका अधिवक्ता कपिलमणि दाहालले जानकारी दिए ।

अधिवेशनले संघका सातै प्रदेश संयोजकसमेत चयन गरेको छ । जसअन्र्तगत कोशी प्रदेश संयोजकमा रीतिका तुलाधर, मधेशमा मणिकलाल महतो, बाग्मतीमा रोशन पाठक र गण्डकीमा सरिना श्रेष्ठलाई दिइएको छ ।

यस्तै, लुम्बिनीमा मानबहादुर गुरुङ, कर्णालीमा चन्द्रबहादुर सिंह र सुदूरपश्चिम प्रदेश संयोजकमा जय पाठकले जिम्मेवारी प्राप्त गरेको अधिवक्ता दाहालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ