arrow

आवासीय भवन भत्किँदा नौको मृत्यु, दुई घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
Pakistan-Flag.jpg.jpeg
तस्बिर – फाइल ।

इस्लामाबाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलबार आवासीय भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु  भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

उक्त तीनतले भवन मङ्गलबार बिहानै भत्केको जानकारी पाउनासाथ उद्धार कार्यमा जुटेको उद्धार कार्यको नेतृत्व गरिरहेका मुल्तानका जिल्ला आपतकालीन अधिकारी कलीम उल्लाहले सिन्ह्वालाई बताएका छन् । 

घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको उनले जानकारी दिए । मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेको उल्लाहले बताए । 

भवन भत्किनुको कारणबारे अनुसन्धान शुरु गरिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ