arrow

खेलकुद संघहरुलाई कार्यक्रमको मिति निर्धारण गर्न निर्देशन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
rakhepa-meeting-80-11-29.jpg

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले विभिन्न राष्ट्रिय खेल संघलाई कार्यक्रम (प्रतियोगितालगायत) को मिति निर्धारण गर्न निर्देशन दिएका छन् । 

विभिन्न खेल संघका पदाधिकारीको उपस्थितिमा मंगलबार भएको बैठकमा चालू आर्थिक वर्षमा कार्यक्रम भएर पनि मिति निर्धारण नगर्ने संघका पदाधिकारीलाई तत्काल मिति निर्धारण गरी तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

त्रिपुरेश्वरस्थित राखेपमा सदस्यसचिव घिसिङको अध्यक्षतामा बसेको बैठकमा अखिल नेपाल फुटबल संघ, नेपाल आर्चरी संघ, नेपाल जुडो संघ, नेपाल हक्की संघ, नेपाल रिङ रेस्लिङ संघ, अखिल नेपाल टेबलटेनिस संघ, नेपाल बक्सिङ महासंघ, नेपाल खो खो संघ, नेपाल रग्बी संघलगायतका पदाधिकारी उपस्थिति रहेको थियो ।

बैठकमा सदस्यसचिव घिसिङले संघको पेश्की, बेरुजु, संघ नवीकरण र निर्वाचनलगायतका विषयमा पनि चासो व्यक्त गरेका थिए ।

नेपालमा सयको हाराहारीमा खेलकुद संघहरु रहेका छन् । तर नियमित कार्यक्रम गर्ने संघहरु एक दर्जनको हाराहारीमा मात्र छन् । अधिकांश संघहरु झोले हुँदासमेत राखेपले कडिकडाउ गर्न सकेको छैन । 

झोलामा संघ राख्नेहरुले पनि बजेट लिएर भ्रष्टाचार गर्ने गरेको भन्दै राखेपमा विरोध हुँदै आएको छ । 

झोले संघहरु म्यानपावर बन्ने गरेकोसमेत आरोप छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ