arrow

काम गर्न नसकेको दिन सरकारबाट आफैँ बाहिरिन्छौँ- रास्वपा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
swarnim-wagle-11-30.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले आफ्ना मन्त्रीहरूले काम गर्न नसकेको दिन सरकारबाट आफैँ बाहिरिने बताएका छन् । बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले राजकाजको अवसर आउँदा अभ्यास गर्नुपर्ने भएकाले आफूहरू सरकारमा सहभागी बनेको बताए । उनले फ्रेसनेस र अनुभवको सन्तुलनबारे बाहिरी व्यक्तिले चासो राख्नु स्वाभाविक भए पनि आन्तरिक पार्टी मेकानिजममा नबोल्न चेतावनी दिए । 

उनले प्रधानमन्त्रीको समर्थनमा रास्वापको चाल चेसमा उँट, घोडा, हात्ती, रानी पिउसो चलाउन थालेपछि मन्त्री नै लगाएर चेकमेट गर्ने अवस्थासम्म पुग्ने मात्रै रहेको बताए । 

उनले नेपाली कांग्रेसप्रति लक्षित गर्दै गृहमन्त्री हुँदा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा किन नखोजेको भन्दै प्रश्न गरे । उनले कांग्रेसले रास्वपा सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ