arrow

गर्मीमा आफ्नो ब्रान्डका फ्यान र कुलरको प्रयोग गर्न सीजीको आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
cg-brand-80-11-30.jpg

काठमाडौँ । चौधरी ग्रुप (सीजी) ले गर्मी मौसम शुरु भएसँगै आफ्नो ब्राण्डले उत्पादन गरेका अत्याधुनिक प्रविधियुक्त फ्यान र कुलरको प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । 

विज्ञप्ति जारी गर्दै सीजीले धेरै तापक्रम बढ्दा गर्मीले ठूलो चिन्ताको विषय बनाउने भन्दै सो बेलाको समस्याको समाधान सीजी ब्रान्डका उचित मूल्यका साथ स्मार्ट प्रविधियूक्त फ्यान र कुलरहरू भएको उल्लेख गरेको छ । 

सीजी ब्रान्डका कुलरहरूलाई कार्यक्षमता र उद्देश्यका आधारमा ५ विधिन्न वर्गमा विभाजन गरिएको भन्दै सीजीले जनाएको छ, ‘डेजर्ट कुलर, कमर्शियल कुलर, पर्सनल कुलर, टावर कुलर र उइन्डो कुलर । राम्रो डिजाइन र उच्च कोटीको ऊर्जाका साथै सबै मौसम प्रतिरोधी बडीमा समेटिएको छ र टच प्यानल, रिमोट कन्ट्रोल, आईओटी कम्प्याटिबिलिटी, स्मार्ट किसिमले नियन्त्रण, थर्मल ओभरलोड प्रोटेक्शन, क्वाड्रा फ्लो टेक्नोलोजी जस्ता नवीन र परिष्कृत सुविधाहरूले भरिएको छ ।’

थप विशेषताबारे जानकारी दिँदै सीजी भन्छ, ‘हनीकोम्ब प्याड, ३६० डिग्री टर्बो कुलिङ, एरोडायनामिक फ्यान ब्लेड, डस्ट फिल्टर र आइस चेम्बरहरू । यी सबै कुलरहरू पनि ५ प्रतिशत ब्याज फाइनान्स योजना र १२ महिनाको वारेन्टीको साथ उपलब्ध छन् ।’   त्यसैगरी एकदमै क्लासिक र उच्चस्तरीय मोड भएको कुलिङ खोज्दै भए सीजी ब्रान्डसँग सबैभन्दा स्टाइलिश र उच्च स्तरीय सिलि, स्ट्यान्ड, वाल, टेबल फ्यानहरू रहेको सीजीले जनाएको छ । 

यी सबै फ्यानहरू अति उच्च प्रविधिका साथ ३ र ५ स्पीड कन्ट्रोल भएको, हेभी मेटल बडी, एरोडायनामिकली डिजाइन गरिएको एल्युमिनियम ब्लेडहरू, वाइड एंगल ओसिलेसन, बिल्ट–इन टाइमर, बलियो र भरपर्दो मोटर जस्ता उच्च प्रविधियुक्त विशेषताहरूले भरिएकाले बढी टिकाउ पनि हुने सीजीले जनाएको छ ।   सीजीले गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्दै लामो समयदेखि नेपालीको जीवनलाई सहज बनाउँदै आएको छ । 

सीजीले भनेको छ, ‘हाल सीजी ब्राण्डका नेपालभर आफ्नै शोरुमहरू मार्फत उत्कृष्ट उत्पादन र सेवा दिँदै आाएको छ साथै भविश्यमा देशको हरेक कुनासम्म पुग्ने लक्ष्य पनि लिएको छ ।’

अन्त्यमा सीजीले भनेको छ, ‘सीजी मेरिडिया इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरुको उत्कुष्ट घरेलु उपकरण हो, जुन सीजी ब्रान्डको प्रिमियम रेन्ज हो । सीजी मेरिडियाले अति परिष्कृत डिजाइन र प्राविधिक उत्कृष्टता बढाएको छ । सीजी ब्राण्डमा उत्कुष्ट खोज्ने नेपाली उपभोक्ताहरुको लागि अन्य विश्व प्रख्यात बाण्डहरुको बराबरमा उपलब्ध गराएको छ ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ