arrow

वार्षिक १० हजार भन्दा बढी कुलर बेच्ने सीजीको लक्ष्य, २४ घण्टाभित्र होम सर्भिस

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
cg-cooler-12-02.jpg

काठमाडौँ । एकै सिजनमा १० हजार कुलर बेच्ने लक्ष्यसहित सीजी ब्राण्ड आक्रामक बजारीकरणमा उत्रिएको छ । नयाँ–नयाँ प्रोडक्ट रेञ्जसहित बजारमा आएको सीजीले सीजी र सीजी मेरिडिया ब्राण्ड अन्तर्गत सो संख्यामा कुलर बिक्री गर्ने लक्ष्य लिएको र सोही अनुसार बजारमा गएको सीजीका होम एप्लाइन्सेस होम इन्टरटेनमेन्ट (एचएएचई) भर्टिकल बिक्री प्रमुख हरिचन्द्र अर्यालले जानकारी दिए । 

सीजीका होम एप्लाइन्सेस होम इन्टरटेनमेन्ट (एचएएचई) भर्टिकल बिक्री प्रमुख हरिचन्द्र अर्याल

गर्मी सिजनसँगै विशेषगरी तराईका जिल्लाहरुमा कुलरको माग बढी हुन्छ । खुला कोठा, मानिसको आवागमनमा धेरै उतारचढाव हुने ठाउँहरुमा कुलरको माग बढी हुन्छ । 

त्यस्तै धेरै मूल्य अफोर्ट गर्न नसक्ने व्यक्तिलेसमेत अहिले कुलरलाई एयर कन्डिसन (एसी) को विकल्पको रुपमा प्रयोग गर्ने गर्छन् । ग्राहकको आवश्यकता र क्षमताका आधारमा सीजीले धेरै साइज र क्षमताका कुलरहरु बजारमा ल्याएको बिक्री प्रमुख अर्याल बताउँछन् ।

कुलरले कसरी काम गर्छ ? 
गर्मीयाममा बाहिरी वातावरणमा रहेको तातो हावालाई रुमभित्र चिसो बनाएर पठाउने र शितल महसुस गराउने काम कुलरले गर्छ । कुलरमा एउटा आइस चेम्बर हुन्छ, त्यसमा बरफ राखिन्छ । अर्कोतिर कुलरको क्षमता अनुसार ट्याङ्कीमा चिसो पानी राखिन्छ । बरफले त्यो पानीलाई थप चिसो बनाउँछ । 

कुलरमा जोडिएको मोटरले एकातिर पंखालाई घुमाउँछ भने अर्कोतिर ट्याङ्कीको पानीलाई सानो पाइपको माध्यमबाट फ्यानको पाइपको माध्यमबाट उक्त पानीलाई फ्यानभन्दा अगाडि रहेको हनिकम्बलाई चिसो बनाउँछ । यसरी बाहिरबाट आएको तातो हावा चिसो हनिकम्बसँग ठोकिँदा हावा चिसो बन्छ । यसले प्रयोगकर्तालाई शितलताको महसुस गराउने सीजीको दाबी छ । 

कस्ता छन् सीजी कुलरका प्रोडक्ट रेञ्ज ?
सीजीका अनुसार कुलर अन्तर्गत अहिले बजारमा डिजर्ट कुलर, पर्सनल कुलर, रुम कुलर, टावर कुलर, विन्डो कुलर पाइन्छन् । 

सीजीले घरायसीदेखि कमर्शियल प्रयोजनमा लागि लक्षित गर्दै सबै प्रकारका कुलरहरु बिक्री गर्दै आएको छ । यो वर्ष सो कम्पनीले १४० लिटर क्षमताको कमर्शियल कुलरसमेत ल्याएको छ जुन अहिलसम्मकै ठूलो क्षमताको हो । यो कुलर ठूला पार्टी प्यालेसदेखि अन्य औद्योगिक तथा व्यवसायिक क्षेत्रमा उपयोगी हुने कम्पनीको विश्वास छ । 

सीजी अन्तर्गत पनि सीजी र सीजी मेरिडिया गरी दुई ब्राण्ड छन् । सीजी मेरिडिया प्रिमियम रेञ्जको ब्राण्ड हो । एचएएचई भर्टिकलका बिक्री प्रमुख अर्याल सीजी मेरिडिया अन्तर्गतका सबै इलेक्ट्रोनिक्स सामानहरु गुणस्तरीय मात्र नभएर लुक्सका आधारमा आकर्षक रहेको बताउँछन् । 

सीजीले यो वर्ष डिजर्ट कुलर अन्तर्गत ११ वटा, कमर्शियल कुलर अन्तर्गत ४ वटा, पर्सनल कुलर अन्तर्गत ६ वटा, टावर कुलर अन्तर्गत ३ वटा र एउटा विन्डो कुलर सेट गरी २५ भेराइटीका प्रोडक्टहरु बजारमा ल्याएको छ । 

कमर्शियल प्रोडक्ट अन्तर्गत ९०, १००, १२० र १४० लिटरका भेराइटी रहेका कम्पनीले जनाएको छ । यसमध्ये सीजी मेरिडिया अन्तर्गत डिजर्ट कुलर २, पर्सनल कुलर एक र रुम कुलर दुईवटा भेराइटीमा छन् । 

अहिले बिक्री भएका कुलरमध्ये ३० प्रतिशत जति कमर्शियल र अरु घरायसी प्रयोजनका लागि खपत हुने गरेको अनुमान छ ।  

कुलरले कभर गर्नसक्ने क्षेत्रफल, साइज र फ्यानको स्पिडका आधारमा उक्त कुलर घरायसी कि कमर्शियल भन्ने तय हुने अर्याल बताउँछन् । कमर्शियल कुलरमा स्पिड बढी हुने भएकोले यसले धेरै हावा फाल्ने उनको भनाइ छ । 

मान्छेको धेरै आवतजावत हुने पार्टी प्यालेस, सभाहल तथा अरु उद्योगहरुमा एसीले काम गर्न नसक्ने भएकोले त्यहाँ कुलरको माग बढी हुने उनी बताउँछन् । 

यस्तो छ सीजी कुलरको प्राइस रेञ्ज र सर्भिस
अहिले सीजीले बिक्री गर्दै आएका कुलरमध्ये घरायसी प्रयोजनका कुलरको मूल्य १० देखि १५ हजारसम्म पर्छ । कमर्शियल कुलरको मूल्य भने ४०–४२ हजार रुपैयाँसम्म अधिकतम खुद्रा मूल्य (एमआरपी) तोकिएको छ । 

उक्त मूल्यमा १२ देखि १५ प्रतिशतसम्म छुट दिएर बजार सञ्चालन मूल्य (एमओपी) तोकिने गरेको अर्याल बताउँछन् । 

कुलरलगायत सीजी ब्राण्डका सबै सामानहरुको अधिकतम खुद्रा मूल्य कम्पनीको वेभसाइटमा राखिएको हुन्छ । सो मूल्यका आधारमा ग्राहकले छुट लिएर एमओपी तय गर्न सक्छन् । यसले गर्दा ग्राहक ठगिने सम्भावना नहुने अर्यालको भनाइ छ । 

अहिले सीजीले आफ्नै शोरुम, ब्राण्ड शप, कन्सेप्ट कर्नर तथा डिलरमार्फत् देशभर आफ्ना सामानहरुको बिक्री वितरण गर्दै आएको छ । काठमाडौँ तथा देशका मुख्य शहरमा सीजीका २५ वटा आफ्नै शोरुम छन् । 

त्यस्तै सीजीको मात्रै सामान पाउने ब्राण्ड शप, सीजीको सामानका लागि छुट्टै कर्नरको व्यवस्था गर्ने कन्सेप्ट कर्नर तथा अन्य डिलरसमेत गरी ४०० भन्दा बढी सक्रिय डिलर रहेको बिक्री प्रमुख अर्याल बताउँछन् । 

अहिले सीजीसँग सबै भेराइटीका सामान भएकोले सीजी ब्राण्डमात्रै बेचेर पनि बिक्रेताहरु सर्भाइभ हुन सक्ने अवस्था बनेको उनको भनाइ छ । 

सीजीले आफ्नो मुख्य स्ट्रेन्थ भनेको बिक्रीपछिको सेवालाई मानेको छ । सीजीले आफ्नो प्रोडक्टमा कुनै समस्या आएमा २४ घण्टाभित्रै होम सर्भिस दिनेगरी व्यवस्था गरेको छ । 

बिक्री प्रमुख अर्याल बिग एप्लाइन्सेसहरु जगेडा राख्न नसकिने र तत्कालै आवश्यकतासमेत हुने भएकोले यसलाई मध्यनजर गरेरै क्विक रेस्पोन्सको सिस्टम बनाएको बताउँछन् । 

‘गर्मीमा कुल बिग्रियो भनेर २–४ दिनसम्म त्यत्तिकै बस्न सकिँदैन, तत्कालै अर्को किन्नसक्ने अवस्था पनि हुँदैन’, अर्याल भन्छन्, ‘हामीले समस्या आएको बढीमा २४ घण्टाभित्र घरमै गएर बनाइदिने व्यवस्था गरेका छौँ । काठमाडौँभित्र र नजिकै सर्भिस सेन्टर भएका शहरमा त १–२ घण्टाभित्र पनि समस्या समाधान गर्न सक्छौँ ।’

यसका लागि सीजीले टोलफ्री नम्बरको व्यवस्था गरेको छ । कसैले कुनै समस्याबारे गुनासो गर्ने बित्तिकै नजिकको सर्भिस सेन्टरमा त्यसको जानकारी पुर्याइन्छ । 

बढीमा २ घण्टाभित्र सर्भिस सेन्टरले ग्राहकलाई रेस्पोन्स गर्छ । त्यसपछि मर्मतका लागि टेक्निकल टिम पठाइन्छ । ग्राहकको घरको दूरी अनुसार समस्या समाधान गर्ने समय फरक फरक हुने सीजीले जनाएको छ । 

यही स्ट्रेन्थका कारण सीजी नेपालकै सबैभन्दा ठूलो ब्राण्डको रुपमा स्थापित हुन सफल भएको भन्दै अर्याल भन्छन्, ‘बजारमा सस्तोमा पनि सामान पाइएला, तर भोलिका दिनमा सर्भिस कस्तो हुन्छ भन्ने कुरा महत्वपूर्ण हो । त्यसैले ग्राहकले तत्कालको लागि मात्रै नभएर पछिको लागिसमेत हेर्नुभयो भने हामी अरु सबै ब्राण्डहरु भन्दा उत्कृष्ट छौँ ।’

एचएएचई भर्र्टिकल अन्तर्गत डीभीडी प्लेयर र सीआरटी टीभीबाट शुरु भएको सीजीको व्यवसायिक यात्रामा अहिले क्युलेट र गुगल टीभीसमेत लञ्च भएका छन् । 

सीजीले बिक्री गर्दै आएका होम एप्लाइन्सेस अन्तर्गत एलईडी टिभी, एसी, फ्रिज, वासिङ मेसिन, डिफ्रिज, डिस वासर, माइक्रोवेभ ओभन, कुलर पर्छन् । 

त्यस्तै, होम इन्टरटेनमेन्ट अन्तर्गत टेलिभिजन र अडियो सिस्टमको बिक्री हुँदै आएको छ । अहिले बजारमा सीजी ब्राण्डको हिस्सा करिब १५ प्रतिशत रहेको कम्पनीको दाबी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ