arrow

सीजी ब्रान्डको फ्री एसी सर्भिस क्याम्प अफर सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ४ आइतबार
cg-meridia-50-percent.jpg

काठमाडौँ। सीजी ब्रान्डले आफ्ना एसीका ग्राहकहरूका लागि नेपालभरका सबै आधिकारिक सेवा केन्द्रहरूमा एसी सर्भिस क्याम्प २०८० घोषणा गरेको छ।

यस क्याम्पमा तपाईँहरूको एसी मर्मत, खरिद वा एक्सचेन्ज गर्नु परेमा टोल फ्री फोन नं १६६००१०२२११ व ०१५९७०१२२ मा फोन गरी वा इमेल service.support@chaudharygroup.com मार्फत सेवा अपोइन्टमेन्टको लागि बुक गर्न सक्नुहुनेछ। यस अफरको मुख्य विशेषता भनेको कुनै मर्मत सेवा शुल्क नलाग्ने, स्पेयर पार्ट्समा ५०५ सम्मको छुट, एक्सचेन्जमा ५०५ सम्मको अतिरिक्त मूल्याङ्कन र नयाँ एसी खरिद गर्दा २०५ सम्मको छुट दिने रहेको छ। यस अफर मार्फत ग्राहकले जुनसुकै ब्राण्डको जुनसुकै अवस्थाको एसी एक्सचेन्ज गर्न सक्नेछन्। अब ग्राहकहरूले सीजी इलेक्सको वोब साइट मार्फत आफैले आफ्नो सामानको मुल्याङकन गर्न सक्नुहुनेछ।

सीजी ब्रान्डका दक्ष तथा प्रशिक्षित मेकानिक्सहरूले एसी सेवा शिविर सञ्चालन गर्नेछन् र कर्मचारीहरूले नयाँ एसीहरूको आदानप्रदान र खरिदमा सहयोग गर्नेछन्। यो अफरले ग्राहकहरूले गर्मीलाई स्वागत गर्न र गर्मीको झन्झट बाट मुक्त हुन सक्नेछन्। सीजी ब्रान्ड, देशकै नं. १ इलेक्ट्रोनिक्स ब्रान्ड हो।

सीजी ब्राण्डले देशैभर रहेका आफ्नो बलियो बिक्री सञ्जाल मार्फत आफ्ना उपभोक्ताहरूलाई सेवा सुविधाहरू दिँदै आएको छ। गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गदै, सीजी ब्राण्डले विगत लामो समय देखि नेपाली जनताको जीवनलाई सहज बनाउँदै आएको छ। हाल, सीजी ब्राण्डका नेपालभर आफ्नै शोरुमहरू मार्फत उत्कृष्ट उत्पादन र सेवा दिँदै आएको छ साथै भविष्यमा देशको हरेक कुनासम्म पुग्ने लक्ष्य पनि लिएको छ।

नजिकै कुनै शोरूमहरू उपलब्ध नभए पनि आफ्नै इ–कमर्स प्लेटफर्मले सुसज्जित सीजी ब्राण्डका उत्पादन तथा सेवाहरू, जहाँबाट पनि लिन सकिन्छ। सीजी मेरिडिया इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरूको उत्कृष्ट घरेलु उपकरण हो, जुन सीजी ब्रान्डको प्रिमियम सिरिजको सेग्मेन्ट हो। सीजी मेरिडियाले अति परिष्कृत डिजाइन र प्राविधिक उत्कृष्टता बढाएको छ। सीजी बाण्डमा उत्कृष्ट खोज्ने नेपाली उपभोक्ताहरूको लागि अन्य विश्व प्रख्यात ब्रान्डहरूको बराबरमा उपलब्ध गराएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ