arrow

रुसी राष्ट्रपतिको निर्वाचनमा साढे ६७ प्रतिशत मत खस्यो, पुटिन पक्का

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
russia-election-2024-AP.jpg

मस्को । रुसमा तीन दिनसम्म चलेको राष्ट्रपतीय निर्वाचनमा ६७.५४ प्रतिशत मत खसेको छ । यो प्रतिशत सन् २०१८ को निर्वाचनको भन्दा बढी हो । सन् २०१८ मा ६७.५० प्रतिशत मत खसेको थियो । 

तीन दिनसम्म चलेको निर्वाचन प्रक्रियामा ठूलो संख्यामा जनताले मतदान गरेका छन् । राष्ट्रपति भ्लादिमिर पुटिन यस चुनावमा मुख्य उम्मेदवार हुन् र ६ वर्षको पाँचौँ कार्यकालका लागि पुनः निर्वाचित हुने अपेक्षा गरिएको छ।

यसैबीच निर्वाचनको अन्तिम दिन आइतवारसम्म राष्ट्रपतीय निर्वाचनको सिलसिलामा रुसका १३ सहरमा ४७ जनाभन्दा बढी प्रदर्शनकारी र आन्दोलनकारीलाई पक्राउ गरिएको छ । ओभिडी इन्फो विरोध–अनुगमन समूहले यो जानकारी दिएको हो ।

 रुसी राष्ट्रपतीय निर्वाचनमा आइतबार ६७.५४ प्रतिशत मतदान भएको थियो, जुन २०१८ को स्तरलाई पार गरेको छ । मतदान समाप्त हुनु केही घण्टाअघि तास समाचार एजेन्सीले रुसमा २०१८ मा मतदान ६७.५ खसेको जानकारी दिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ