arrow

कृष्णबहादुर महरा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
krishna-bahadur-mahara-new.jpeg

काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रहरीले भारतको सीमावर्ती जिल्ला कपिलवस्तुको मायादेवी-१ पकडिबाट नियन्त्रणमा लिएको छ । 

रोल्पा हिँडेका महरालाई प्रहरी निमन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरेकै हो कि होइन भन्ने बारेमा केही खुलेको छैन । तर जिल्ला जानबाट भने रोकेको प्रहरी उच्च स्रोतले भन्यो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार बिहान नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहितलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए। गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै महरालाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

ब्रेक सु र विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको सुन तस्करीमा महराको नाम जोडिएको छ । उनलाई काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ