arrow

भारत भगाइन खोज्दा कपिलवस्तुबाट पक्राउ परे महरा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
DPM-Krishna-Bahadur-Mahara-returns-from-China-aa.jpeg

काठमाडौं ।अवैध सुन तस्करी प्रकरणमा नाम जोडिएपछि भारत भगाइन खोज्दा बाटैमा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । 

माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महरालाई माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारत भगाउन खोजेका थिए । महरालाई भारतको सीमावर्ती जिल्ला कपिलवस्तुको मायादेवी-१ पकडिबाट प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रशासनले यहाँ उनलाई कुनै पनि बेला समात्ने भइसकेपछि  पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले उनलाई  भारत तर्फ भाग्न सहज हुने गरि काठमाडौँ छोड्न लगाएका थिए । कतिपयले उनी रोल्पा तिरै भूमिगत हुनै क्रममा कपिलवस्तुको बाटो हुँदै रोल्पा जान खोजेको बताए पनि उच्च स्रोतले भारत तर्फ भग्न लागेको दाबी गरेको छ । 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार बिहान नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहितलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए। गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै महरालाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

ब्रेक सु र विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको सुन तस्करीमा महराको नाम जोडिएको छ । भैरहवा विमानस्थलबाट यति एयरको विमानबाट उनलाई काठमाडौँ ल्याइएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ