- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अवैध सुन तस्करी प्रकरणमा नाम जोडिएपछि पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ ।
माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महरालाई भैरहवाबाट काठमाडौँ ल्याइएको छ ।
महरालाई आजै भारतको सीमावर्ती जिल्ला कपिलवस्तुको मायादेवी-१ पकडिबाट प्रहरीले पक्राउ गरेको थियो ।
भैरहवा विमानस्थलबाट यति एयरको विमानबाट उनलाई काठमाडौँ ल्याइएको हो ।
महरालाई एसएसपी दिनेश आचार्यले सीआईबी कार्यालय पुर्याएका छन् । उनलाई आजै अदालतमा हाजिर गराउने तयारी भैरहेको छ ।