arrow

महरालाई सीआईबीको कार्यालयमा राखियो, आजै अदालतमा हाजिर गराउने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
mahara-arrest-airport.jpg

काठमाडौँ । अवैध सुन तस्करी प्रकरणमा नाम जोडिएपछि पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइएको छ । 

माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरालाई भैरहवाबाट भारत भाग्दै गर्दा पक्राउ गरेर काठमाडौँ ल्याइएको हो  ।

महरालाई आजै भारतको सीमावर्ती जिल्ला कपिलवस्तुको मायादेवी १ पकडीबाट प्रहरीले पक्राउ गरेको थियो । माओवादीको नेतृत्वले नै भाग्नलाई सघाउ पुर्याएको भए पनि प्रहरीले नियन्त्रणमा लिएको हो । 

उनलाई सीआईबीको टोलीले ११ः११ बजेको समयमा काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्लबाट सीआईबी कार्यालय लगेको हो । 

महरालाई भैरहवा विमानस्थलबाट यति एयरको विमानबाट ल्याइएको थियो । 

महरालाई एसएसपी दिनेश आचार्यले सीआईबी कार्यालय पुर्याएका छन् । उनलाई आजै अदालतमा हाजिर गराउने तयारी भैरहेको छ ।

निवर्तमान गृहमन्त्री, बहालवाला परराष्ट्रमन्त्री तथा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उन्मुक्ति दिएका माओवादीका अर्का उपाध्यक्ष एवं सुन तस्करीका एक मुख्य आरोपी महरा भारत भगाइन लागेका बेला सीमावर्ती जिल्ला कपिलबस्तुबाट पक्राउ पर्नु र पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा अनेरास्ववियुका महासचिव दीपेश पुन पक्राउ पर्नुबाटसमेत माओवादीका केही नेताले पार्टीका नाममा सुन तस्करीलाई मुख्य धन्दा बनाएका रहेछन् भन्ने उजागर भएको छ। 

तस्कर, माफिया र अपराध ढाकछोप गर्नेहरुलाई साथमा लिएर अझै पनि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासनको नारा भटृयाउन भने छाडेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ